Prithvi Narayan Campus, Pokhara, Nepal

कार्य सम्पादन मुल्याङ्कन फाराम भर्ने सम्वन्धी सूचना

त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्वन्धी नियम, २०५० को नियम ७ङ मा शिक्षक, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वार्षिक रुपमा गरिने ब्यवस्था भएकाले यस क्याम्पसमा कार्यरत स्थायी शिक्षक(प्रथम श्रेणी र सो भन्दा मुनीका श्रेणीका) र कर्मचारीहरु (अधिकृत प्रथम श्रेणी र सो भन्दा मुनीका श्रेणीका) को आ.व.२०७७/०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम (२प्रति) मिति २०७८ चैत्र २० गतेसम्ममा भरी कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन सूचित गरिन्छ । फाराम कर्मचारी प्रशासन शाखा वा त्रि.वि.सेवा आयोगको वेवसाइट Tuservicecommission.edu.np बाट प्राप्त गर्न सकिने छ ।

पुनश्चः — चालु आ.व.मा सरुवा भई आउने शिक्षक, कर्मचारीहरुको पनि हाल कार्यरत रहेकै 

   कार्यालयबाट कार्यसम्पादन मूल्याङ्कन फारम भर्नुपर्ने छ ।

— बैदेशिक तालिम,गोष्ठी वा अध्ययन भ्रमण आदिमा काजमा गएका शिक्षक, कर्मचारीको पनि 

   आधिकारीक इमेलबाट फाराम भरी पठाउन सकिने छ ।

— पूरा आर्थिक वर्ष निलम्बनमा रहेका वा असाधारण विदामा रहेका वा वेतलवी काजमा रहेका शिक्षक कर्मचारीहरुको हकमा सो अवधिको कार्य सम्पादन मूल्याङ्कन फारम भर्नुपर्ने छैन ।

 

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-03-23

Download Full Text