Prithvi Narayan Campus, Pokhara, Nepal

शिक्षण सहायक सरह पारिश्रमिकसम्बन्धी दर्खास्त आह्वान

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरको सू.ज.म.शा.च.नं. ००६÷०७८, मिति २०७८।११।२० को पत्रानुसार त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरुमा आंशिक शिक्षकहरुद्वारा लिइएका कक्षाहरुलाई शिक्षण सहायकले पाए सरहको पारिश्रमिक पाउने व्यवस्था भएवमोजिम यस क्याम्पसका विभिन्न अध्ययन संस्थान तथा संकायमा कार्यरत आंशिक शिक्षकहरुको व्यवस्थापन गर्नका लागि तयार पारिएको अतिरिक्त कक्षा तथा आंशिक शिक्षकहरुद्वारा लिइएका कक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ वमोजिम हुने गरी विभिन्न विषयहरुमा ४० (चालिस) जना शिक्षण सहायक सरह पारिश्रमिक पाउने गरी आंशिक शिक्षकहरुका लागि दरखास्त आह्वान गरिएको छ । यस क्याम्पसमा कार्यरत योग्यता पुगेका इच्छुक आंशिक शिक्षकहरुले यसै क्याम्पसमा रु १०००।— को शुल्क तिरी आवेदन फारम लिई विवरण भरी मिति २०७८ चैत्र १३ गते आइतबार ५ बजेभित्र दरखास्त फाराममा उल्लेख भए वमोजिमका कागजातहरुसहित कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-03-21

Download Full Text