Prithvi Narayan Campus, Pokhara, Nepal

General B.Sc. 2078 प्रवेश परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बार्षिक प्रणालीको स्नातक तह (B.Sc.) २०७८ मा भर्ना हुन ईच्छुक विद्यार्थीहरुले अनलाईन विधि अनुसार प्रवेश परीक्षा आवेदन फारम भर्नुहुन सूचित गरिन्छ ।

क.   आवेदन फारम भर्ने अवधि : २०७८।१०।२३ गते विहान १०.०० बजेदेखि देखि २०७८।११।२२ गते सांझ ५ बजेसम्म ।

ख.   प्रवेश परीक्षा शुल्क रु. ९००।- ( नौ सय रुपैयाँ) लाग्नेछ । आवेदन फारममा ग्लोबल आई एम.ई बैंकमा रहेको  विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालय, कीर्तिपुरको खाता नं. ०५०१०१०००००२३ मा जम्मा गरेको बैंक भौचर अपलोड गर्नुपर्नेछ ।

ग.    दोव्वर दस्तुर तिरी २०७८।११।२३ गतेदेखि २०७८।११।२९ गते ५.०० बजेसम्म भर्न सकिनेछ ।

घ.    प्रवेश पत्र अनलाईनमा नै रंगिन प्रिन्ट गर्नुपर्नेछ । प्रवेश परीक्षा हुने मिति, समय र केन्द्र पछि प्रकाशित गरिनेछ ।

ड.    I.Sc. वा विज्ञान बिषयमा दश जोड दुई (प्लस टु) मा प्रत्येक बिषयमा C ग्रेड ल्याएको हुनुपर्नेछ । ए लेभल अध्ययन गरेका हकमा न्यूनतम E ग्रेड ल्याएको हुनुपर्नेछ ।

च.    Physical Group मा अध्ययन गर्न चाहनेले अंग्रेजी, भौतिकशास्त्र, रसायनशास्त्र र गणित बिषयमा २००/२०० पूर्णाङ्क र Biological Group मा अध्ययन गर्न चाहनेले अंग्रेजी, भौतिकशास्त्र, रसायनशास्त्र र वायोलोजी बिषयमा २००/२०० पूर्णाङ्क लिई कम्तीमा दोश्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

छ.   अनलाईनवाट प्रवेश परीक्षा फारम भरि submit गरिसकेपछि तत्कालै प्राप्त हुने Acknowledgement पेज प्रिन्ट गर्नुपर्नेछ ।

 

विस्तृत जानकारीका लागि तलको Download Full Text लिंकबाट विस्तृत सूचना डाउनलोड गर्न साथै त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयको वेबसाइट https://www.tuiost.edu.np लग ईन गर्नुहुन सूचित गरिन्छ ।  

 

...................................................

प्रा. डा. सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2022-02-04

Download Full Text