Prithvi Narayan Campus, Pokhara, Nepal

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

यस क्याम्पसको व्यवस्थापन संकायतर्फ स्नातक तहमा सञ्चालित BBA-Program २०७८/०७९ को भर्नाको लागि डीनको कार्यालयबाट मिति २०७८/१०/०८ मा लिइएको CMAT को लिखित परीक्षा, शैक्षिक प्रमाणपत्रको औसत प्रतिशत र मिति २०७८ माघ २० गते लिइएको अन्तर्वार्ताका आधारमा विद्यार्थीहरुको नामावली योग्यताक्रम (Merit List) का आधारमा सूची प्रकाशित गरिएको छ । सूचीमा प्रकाशित भएका विद्यार्थीहरुलाई मिति २०७८ माघ २४ देखि २०७८ माघ २६ गते दिनको ४:०० बजेसम्म भर्ना हुन सूचित गरिन्छ । उक्त अवधिभित्र आवश्यक संख्यामा विद्यार्थी भर्ना नभएमा क्रमशः प्रतिक्षा सूचीको योग्यताक्रम (Merit List) बाट मिति २०७८ माघ २८ गते ४:०० बजेसम्म भर्ना हुन सकिने व्यहोरा समेत सूचित गरिन्छ । प्रथम सूचीमा आवश्यक सिट संख्या अनुसार भर्ना नभएमा प्रतिक्षा सूचीबाट भर्ना गर्नका लागि पुनः सूचना प्रकाशित गरी जानकारी दिइनेछ। छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले समेत २०७८ माघ २६ गते दिनको ४:०० बजेभित्र भर्ना हुनुपर्नेछ । उक्त छात्रवृत्ति कोटामा पनि समयभित्र भना नभएमा प्रतिक्षा सूची (waiting list) अनुसार छात्रवृत्ति कोटा पूरा गरिनेछ।

पुनश्च : योग्यताक्रम (Merit List) मा चित्त नबुझेमा प्रमाणसहित २०७८ माघ २१ गतेदिउसो ३:०० बजेभित्र दाबि विरोधको लागि बि.बि.ए. प्रशासनमा निवेदन पेश गर्न सकिने छ । यदि दाबी बिरोध सहि ठहरिएमा २०७८ माघ २१ गते दोश्रो नामावली प्रकाशन गरिनेछ । अन्यथा यही नामावली अन्तिम हुनेछ ।

नोट: Merit List तलको Download Full Text लिंकमा क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: BBA Programme
Published on 2022-02-03

Download Full Text