Prithvi Narayan Campus, Pokhara, Nepal

परीक्षा स्थगीत भएको सम्वन्धी अत्यन्त जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको मिति २०७८।०१।१३ मा प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु संचालित भइरहेका र संचालनको प्रक्रियामा रहेको अवस्थामा कोभिड १९ को दोश्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल संचालित तथा संचालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा संचालन गर्न नसकिने परिस्थिति सृजना भएकोले आज मिति २०७८।०१।१३ गते बसेको त्रि.वि.केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रि.वि.द्वारा संचालित वार्षिक तथा सेमेष्टरका सम्पूर्ण परीक्षाहरु मिति २०७८।०१।१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीका लागि त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको पत्र Upload गरिएको छ । download गर्नुहोला 

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-04-26

Download Full Text