Prithvi Narayan Campus, Pokhara, Nepal

विद्युतीय कक्षा संचालन गर्ने सम्वन्धी सूचना !

कोभिड —१९ को महामारी बढिरहेको सन्दर्भमा हालै नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयबाट प्रेषित निर्देशनका आधारमा यहि २०७८ बैशाख मसान्तसम्म यस क्याम्पसमा संचालित सम्पूर्ण कक्षाहरु विद्युतीय माध्यम (Virtual) द्वारा संचालन हुने ब्यहोरा जानकारी गराइन्छ । क्याम्पस प्रशासन तथा तोकिएका परीक्षाहरु यथावत रुपमा संचालन  हुनेछन् । प्राध्यापकहरुले Virtual कक्षा लिएमा लिएको दिनमा सो को अभिलेख प्रिन्ट गरी उपलब्ध गराउनु पर्नेछ भने Virtual कक्षा नलिएका दिनमा क्याम्पसमा उपस्थित भई विद्युतीय हाजिरी E-Attendance गर्नुपर्ने छ । अन्य प्राध्यापकहरुले क्याम्पसमा नै आएर विद्युतीय हाजिरी E-Attendance गर्नुहुन सूचित गरिन्छ । यस क्रममा प्रचलित स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुहुन अनुरोध छ ।

प्राध्यापक तथा विद्यार्थीहरुले Virtual Class का लागि निम्न कर्मचारीहरुसँग सम्पर्क गर्न समेत जानकारी गराइन्छ ।

क्र.सं.    संकाय/संस्थान                             सम्पर्क ब्यक्ति र फोन नं.

१.        ब्यवस्थापन र कानून                 श्री राजेन्द्र सुवेदी (९८५६०२९८०४)

२.        विज्ञान, शिक्षाशास्त्र र मानविकी श्री सरोज अधिकारी (९८४६४६३५७७)

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-04-21

Download Full Text