Prithvi Narayan Campus, Pokhara, Nepal

कानून(एलएल.वी.) प्रथम वर्षको नयाँ भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत प्रातः कार्यक्रममा संचालन हुने कानून(एलएल.वी.) संकाय (२०७५ भर्ना) प्रथम वर्ष भर्नाका लागि त्रिभुवन विश्वविद्यालय कानून संकायद्वारा मिति २०७७ माघ १७ गते संचालन भएको एलएल.वी.को प्रवेश परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ । उक्त परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको नयाँ भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

कार्यक्रमः—
१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मिति  ः— २०७७ माघ २५ गतेदेखि ।
२. भर्ना हुने अन्तिम मिति ः— २०७७ फागुन ९ गतेसम्म । 
३. कक्षा संचालन मिति ः— २०७७ फागुन १६ ।

आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।
१. एस.एल.सी.देखि स्नातक तहसम्मको शैक्षिक प्रमाणपत्रको छायाँप्रति ।
२. हालसालै खिचिएको ५ प्रति पासपोर्ट साईजको फोटो ।

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।



प्रा.डा.सरोज कोइराला
   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-02-04

Download Full Text