Prithvi Narayan Campus, Pokhara, Nepal

MBS/MPA FIRST SEMESTER मा भर्ना सम्बन्धि सूचना !

त्रि.वि.व्यवस्थापन संकाय डीनको कार्यालयद्धारा मिति २०७६।१०।१८ गते यस क्याम्पसमा लिइएको CMAT परीक्षामा उत्तिर्ण यस क्याम्पसका परीक्षार्थीहरुमध्ये विहानी सत्रका लागि ३०० जना योग्यताक्रमको प्रथम सूची यसैसाथ प्रकाशित गरिएकोेले यहि मिति २०७६।१०।२७ गतेदेखि २०७६।११।५ गतेभित्र भर्ना भईसक्नुहुन सूचित गरिन्छ ।

थप जानकारीहरु

·त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुका सन्तानको भर्ना गर्नुपर्ने भएमा यहि मिति २०७६।१०।२६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्नेछ ।

·पोखरा केन्द्रवाहेक अन्य केन्द्रमा प्रवेश परीक्षा दिई उत्तिर्ण आवेदकहरुले यस क्याम्पसमा भर्ना हुन चाहेमा यहि मिति २०७६।१०।२६ गतेभित्र स्कोरशिट सहित निवेदन दिनुपर्नेछ ।

·MBS प्रथम सूचीका सम्पुर्ण आवेदकहरु भर्ना नभई ठाउं खाली रहेमा योग्यताक्रमको दोश्रो सूची प्रकाशित गरिनेछ ।

·दीवा कार्यक्रममा एउटा मात्र कक्षा सन्चालन गरिने हुंदा तोकिएको शर्त स्वीकार गर्ने आवेदकहरुले मिति २०७६।११।५ गतेसम्म निवेदन दिनुहुन सूचित गरिन्छ ।

·MPA मा भर्ना हुन चाहने आवेदकहरुले यहि मिति २०७६।११।५ गतेभित्र भर्ना हुन सूचित गरिन्छ ।

·भर्नाको तोकिएको म्याद सकिएपश्चात नियमानुसारको विलम्व शुल्क लाग्नेछ ।

·भर्ना फारमसंग प्रवेशिकादेखि स्नातक तह उत्तिर्ण भएका सवै शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपी पेश गर्नुपर्नेछ । साथै हालसालै खिचेको एकैखालका ५ प्रति पासपार्ट साईजको फोटो पेश गर्नुपर्नेछ ।

·विदेशी वा अन्य विश्वविद्यालयवाट आएका आवेदकहरुले भर्ना फारसहित सक्कल माइग्रेशन प्रमाणपत्र पेश गर्नुपर्नेछ ।  

प्रथम योग्यता सूचि यहाँबाट डाउनलोड गर्न सकिनेछ ।

अन्य थप जानकारीका लागि क्याम्पसमा सम्पर्क राख्न सकिनेछ ।

 

प्रा.डा.चन्द्रवहादुर थापा

क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2020-02-07

Download Full Text