Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेस्रो वर्षको परीक्षा फारम भर्ने सूचना !

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुको सूचना अनुसार वार्षिक प्रणाली अनुसार २०७७ सालमा सञ्चालन गरिने वार्षिक परीक्षामा सम्मिलित हुन यस क्याम्पसको मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह तेस्रो वर्षका नियमित तथा आंशिक र मौका विद्यार्थीहरूलाई परीक्षा फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

४ वर्षे स्नातक तहको भर्ना समूह २०६९ र ३ वर्षे स्नातक तहको भर्ना समूह २०७० का लागि २०७७ साल अन्तिम वर्ष हुनेछ ।

परीक्षा फारम भर्ने अवधि:

  • एकल दस्तुर तिरी: २०७६ माघ २२ देखि २०७६ फागुन २१ गतेसम्म
  • दोब्बर दस्तुर तिरी २०७६ फागुन २२ देखि फागुन २८ गतेसम्म 

परीक्षा शुल्क सम्बन्धमा:

  • आंशिक परीक्षार्थीहरूका लागि रू. ६३०।-
  • मौका परीक्षार्थीहरूका लागि रू. १,१६०।-
  • प्रयोगात्मक परीक्षा प्रति खण्ड १ विषयका लागि रू. १५०।- थप शुल्क लाग्नेछ ।
  • प्रयोगात्मक परीक्षा प्रति खण्ड २ वा सोभन्दा बढी विषयका लागि रू. २७५।- थप शुल्क लाग्नेछ ।
  • फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रू. २७५।- थप लाग्नेछ ।
  • शिक्षण अभ्यास शुल्क रू.२७५।- थप लाग्नेछ ।

अन्य विस्तृत जानकारीका लागि www.tuexam.edu.np हेर्नुहुन सूचित गरिन्छ ।

 

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2020-02-02

Download Full Text