Prithvi Narayan Campus, Pokhara, Nepal

म्याद थप गरिएको सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ जनसंख्या शिक्षा विषयमा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता भएकाले मिति २०७६ पौष १  गतेसम्म आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित आवेदन गर्नुहुन भनी मिति २०७६।०८।२५ गते सूचना प्रकाशित गरिएकोमा प्रर्याप्त मात्रामा आवेदन नपरेकाले  उक्त विज्ञापनमा परेका आवेदनहरुलाई कायम राखी हाल पुनः सो विज्ञापन अन्तर्गत मिति २०७६ पौष ४ गतेसम्मका लागि योग्य नेपाली नागरिकबाट आफ्नो शैक्षिक प्रमाणपत्र सहित दरखास्त बुझाउन आब्हान गरिएको छ ।

आवश्यक न्यूनतम योग्यता :- सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ । 

संख्या :  केही ।

पेश गर्नुपर्ने कागजातहरु:-
– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि 
– नागरिकताको प्रमाणित प्रतिलिपि

सम्पर्क मिति :- २०७६ पौष ४ गते दिउसो ३ बजे ।
अन्तर्वार्ता मिति:- सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।


.......................
उपेन्द्र पौडेल
नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-12-18

Download Full Text