Prithvi Narayan Campus, Pokhara, Nepal

भूगर्भशास्त्र (Geology) र जनसंख्या शिक्षा विषयको आंशिक शिक्षक आवश्यकता !

यस क्याम्पसमा निम्न विषयहरुमा आंशिक शिक्षकको आवश्यक भएकाले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्रसहित मिति २०७६ पौष १ गतेसम्ममा दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।— (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनै पनि कारवाही गरिने छैन ।

 

१.विषय: विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ भूगर्भशास्त्र (Geology)          

  संख्या : केही

२.विषय: शिक्षाशास्त्र संकायतर्फ जनसंख्या शिक्षा

  संख्या : केही

 

आवश्यक न्यूनतम योग्यता :– सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि ।

– नागरिकताको प्रमाणित प्रतिलिपि ।

– अन्य संस्थामा कार्य गरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७६ पौष १ गते अपरान्ह ३ बजे ।

अन्तर्वार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

.............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-12-11

Download Full Text