Prithvi Narayan Campus, Pokhara, Nepal

अन्यत्र संस्थामा काम गर्न अनुमति माग गर्ने फाराम भर्ने सम्वन्धि सूचना !

यस आर्थिक वर्ष २०७६/०७७ को लागि अन्य संस्थामा आंशिक रुपमा काम गर्न चाहने यस क्याम्पसअन्तर्गत पूर्णकालीन रुपमा कार्यरत शिक्षक एवं कर्मचारीहरुले नेपाल बैक लि.कीर्तिपुरको च.हि.नं. ०४५११६०००९८९७६०००००२ (खातावालाको नाम त्रि.वि.केन्द्रीय कार्यालय)मा जम्मा गरिएको रु १०००।—(एक हजार) को सक्कल बैंक भौचर सहित अन्यत्र संस्थामा काम गर्नको लागि भर्नुपर्ने फारम भरी २०७६ कार्तिक २० गते भित्र कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

पुनश्च: अन्यत्र संस्थामा काम गर्न अनुमति माग गर्ने फाराम कर्मचारी प्रशासन शाखाबाट उपलब्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-08-30

Download Full Text