Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बि.एड. को अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकाय एक वर्षे बी.एड. तहको अध्यापन अभ्यास कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले निम्नानुसार आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलव्ध हुनेछ।

  • दरखास्त फारम भर्ने अवधि: मिति २०७५।०६।१७ देखि २०७५।०७।३० गतेसम्म ।
  • सम्पर्क मिति : २०७४।०८।०५ गते ।

प्रकृया र आवश्यक कागजपत्रहरु:

१. सबै सैद्धान्तिक विषयहरु उत्तीर्ण गरेको मार्कसिटको प्रतिलिपि

२. नियमित विद्यार्थीका लागि भर्ना रसिदको प्रतिलिपि र आंशिक विद्यार्थीहरुका लागि रु. १०००।- बुझाएको रसिद

३. अन्तिम वर्षको परीक्षामा समावेश भएको प्रवेश पत्रको प्रतिलिपि

४. पासपोर्ट साइजको एक प्रति फोटो ।

थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिनेछ ।

Published by: Dept of Teaching Practice
Published on 2018-10-02

Download Full Text