Prithvi Narayan Campus, Pokhara, Nepal

पोखरा उपत्यका सरसफाई अभियानमा एक्यबद्धता

त्रि.वि.–पृ.ना.क्या., भदौ २ – पृथ्वीनारायण क्याम्पस, पोखराले आज “पोखरा उपत्यका सरसफाई अभियान”मा एक्यबद्धताका लागि सरसफाईमा सहभागी भयो ।

हिमागृह चोक, बसुन्धरा पार्क, पोखराबाट सुरु भएको उक्त अभियान बसुन्धरा पार्कको छेउछाउका फोहरहरु जम्मा गरेको थियो । सरसफाई अभियानमा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक कर्मचारी र विद्यार्थीलगायत विभिन्न संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।
 
सो अभियानमा पृथ्वीनारायण क्याम्पसका  पीएनसी अलम्नाईका पदाधिकारीहरूका साथै पूर्व विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

आजको सरसफाई कार्यक्रम अभियानको १६१औं संस्करण थियो र हरेक शनिवार यो कार्यक्रम उपत्यकाको फरक फरक स्थानमा आयोजना गरि सचेतना फैलाउने उद्देश्यले गरिएको कुरा अभियन्ताहरुले भन्नुभयो ।

 

Published by: Administration
Published on 2018-08-18

Download Full Text