Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्ष— २०७५ को नयाँ भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन र शिक्षाशास्त्र संकायको कार्यक्रममा शैक्षिक वर्ष २०७५/०७६ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मिति  :— २०७५ भाद्र ३ गते देखि ।

२. भर्ना हुने अन्तिम मिति :— २०७५ भाद्र २९ गते सम्म ।

३. कक्षा संचालन सुरु :— २०७५ असोज १५ गते देखि ।

४. कक्षा समाप्त हुने मिति :— २०७६ जेष्ठ मसान्तसम्म ।

५. परीक्षा फाराम भराउने मिति :— २०७५ फागुन १ देखि मसान्त सम्म ।

६. परीक्षा संचालन मिति :— २०७६ आषाढ महिना ।

७. त्रि.वि.दर्ता फारम २०७५ पौष १५ गतेसम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा बुझाउनुपर्ने छ ।

पुनश्च:

आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. एस.एल.सी.को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको छायाँप्रति ।

२. भर्ना हुनको लागि १२ कक्षाको Grade Point न्यूनतम D+ हुनुपर्ने छ ।  वा प्रमाणपत्र तह वा 

   +२ को ट्रान्सक्रिप्ट,माइग्रेशन,प्रोभिजनल र चारित्रिक प्रमाणपत्रको छायाँप्रति ।

३. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।

 

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-08-17

Download Full Text