३वर्षे ४वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !
त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७५ सालमा संचालन हुने ३वर्षे र४ वर्षे स्नातक तह मानविकी (B.A.), शिक्षा(B.Ed), विज्ञान (B.Sc.) र ब्यवस्थापन (BBS) संकायतर्फ प्रथम वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७५ आषाढ ३ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा दिन पाइने योग्यता :
क. ३वर्षे स्नातक तहमा २०६८ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
परीक्षा फारम भर्दा ध्यान दिनु पर्ने :
क. आंशिक परीक्षा दिने विद्यार्थीहरुले गत वर्षको सोही खण्डमा परीक्षा दिएको सिम्वोल नं. परीक्षा फारमको शिरमा अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ ।
ख. आंशिक परीक्षाको लागि फारम भर्ने विद्यार्थीहरुले गत वर्षको सोही तह र खण्डको लब्धाङ्कपत्रको छायाप्रति पेश गर्नुपर्नेछ ।
परीक्षा शुल्क
क. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—
ख. प्रयोगात्मक परीक्षा शुल्क,
— एक विषयको लागि रु १५०।—
— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—
ग. फिल्ड वर्क, शिक्षण अभ्यास, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु २७५।—
प्रा.डा.चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2018-05-27
Download Full Text