Prithvi Narayan Campus, Pokhara, Nepal

एम्.एड. दोस्रो वर्षको शुक्ष्म शिक्षण/प्राक्टिकम सम्बन्धी सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ एम. एड. दोस्रो वर्षको अध्यापन अभ्यास कार्यक्रममा सम्मिलित हुन आवेदन फारम भरेका योग्य विद्यार्थीहरुको शुक्ष्म शिक्षण/प्राक्टिकम मिति २०७५ असार २१ गतेदेखि २०७५ असार २७ गतेसम्म राखिएकाले उक्त अवधिसम्म शुक्ष्म शिक्षण कार्यक्रममा अनिवार्य सहभागी हुन सूचित गरिन्छ । शुक्ष्म शिक्षणमा अनुपस्थित विद्यार्थीहरूलाई अध्यापन अभ्यास कार्यक्रममा समावेश गरिने छैन । साथै शुक्ष्म शिक्षणका लागि योग्य विद्यार्थीहरुको नामावली पछि प्रकाशन गरिने छ।

नोट + २०७४ मंसिर महिनामा मौका परीक्षामा सम्मिलित विद्यार्थीहरुले अध्यापन अभ्यास विभागमा सम्पर्क राखी आवेदन फारममा आफ्नो विवरण स्पष्ट रुपले उल्लेख गर्नु पर्ने ।

 

......................................

यादवराज अधिकारी

प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2018-04-08

Download Full Text