Prithvi Narayan Campus, Pokhara, Nepal

सेमेष्टर प्रणालीसम्बन्धी पहिलो चरणको बहस सम्पन्न

त्रि.वि.– पृ.ना.क्या., माघ २२ – पृथ्वीनारायण क्याम्पसअन्तर्गत रहेको राजनीति शास्त्र विभाग र सयपत्री समाज, कास्कीको संयुक्त आयोजनामा “पृथ्वीनारायण क्याम्पसको स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली विषयक छलफल कार्यक्रम” सम्पन्न भयो । यो छलफल पहिलो चरणको थियो ।

राजनीति शास्त्रका विभागीय प्रमुख डा. उमानाथ बरालको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा सयपत्री समाज, कास्कीका अध्यक्ष तथा पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले स्वागत मन्तव्य दिनुभएको थियो ।

मन्तव्य दिने क्रममा अध्यक्ष कोइरालाले परिवर्तित सन्दर्भमा सम्पूर्ण कुराको पुनःसंरचना हुनुपर्छ भन्नुभयो । वहाँले सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थी संख्या घटेपनि शिक्षाको गुणस्तर बढ्ने भएकाले यो प्रणाली लागू भएपछि क्याम्पसको धेरै सुधार हुने तर कुशल व्यवस्थापनविना सम्भव नहुने विचार व्यक्त गर्नुभयो ।

सोही विभागका सह–प्राध्यापक थानबहादुर क्षेत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै विश्वव्यापीकरण र स्वतन्त्रताको परिवेशले गर्दा त्रिभुवन विश्वविद्यालयले सेमेष्टर प्रणाली अगाल्नुपर्छ भन्नुभयो ।

अर्का वक्ता इतिहाँसका विभागीय प्रमुख प्रा.डा. दीलबहादुर क्षेत्रीले क्याम्पसमा थुप्रै समस्याहरू मध्ये दोहोरो स्वभावको शिक्षाको अन्त्य गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरि अर्थशास्त्र विषयका प्राध्यापक डा। यादवराज गौडेलले त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षालाई प्रतिपर्धात्मक बनाउनु पर्छ भन्नुभयो ।

आफ्नो विचार राख्ने क्रममा प्रा.डा. लेखनाथ भट्टराई, प्रा.डा. ज्ञानबहादुर कार्की र अन्य प्राध्यापकहरूमा डा. मीन पुन, वीएएलएलवीका निर्देशक लालबहादुर कुँवर, डा. रामचन्द्र बराल, गिरधारी दाहाल, विष्णु अधिकारी, भीमनाथ बराल, राधादेवी शर्मा र बाबुराम शर्माले सेमेष्टर प्रणालीको महत्व र चुनौतीका वारेमा बोल्नुभएको थियो ।

क्याम्पस प्रशासनका तर्फबाट बोल्ने बक्ताहरूमा सहायक क्याम्पस प्रमुखहरू चोलाकान्त ओझा, उपेन्द्र पौडेल र डा. वीरबहादुर कार्की हुनुहुन्थ्यो ।

छलफल कार्यक्रमको समापन गर्दै विभागीय प्रमुख डा. बरालले विविध समस्याका बावजुद् सेमेष्टर प्रणालीले त्रिभुवन विश्वविद्यालयको खस्कदो साःख लाई उकास्ने काम गर्नेछ भन्नुभयो ।

कार्यक्रमको सञ्चालन सोही विभागका सदस्य गिरधारी सुवेदीले गर्नुभएको थियो । वहाँले अर्को चरणको छलफल कार्यक्रम कर्मचारीहरूसंग गरिने र तेश्रो चरणको कार्यक्रम विद्यार्थीहरूसंग गरिने जानकारी दिनुभयो ।

Published by: Dept of Pol. Sc.
Published on 2018-02-06

Download Full Text