Prithvi Narayan Campus, Pokhara, Nepal

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्मार्ट प्रविधिसम्बन्धी बहस

त्रि.वि.–पृ.ना.क्या., पुस १४ – पृथ्वीनारायण क्याम्पसअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा पोखरा फिजिक्स रिसर्च इनिसियटिभ र पोखरा प्राणीशास्त्रीय समाजको संयुक्त आयोजनामा सूचना प्रविधिको प्रयोगबारे वाकानाई होकुसेइ गाकुइन विश्वविद्यालयका प्राध्यापक डा. विष्णुप्रसाद गौतम र मोरुरन इन्टिच्यूट अफ् टेक्नोलोजीका प्राध्यापक डा. काजुहिको सातोले आफ्ना प्रस्तुतीकरण दिनुभएको थियो ।

प्रा.डा. गौतमले परम्परागत प्रविधिमा आधुनिक प्रविधिको प्रयोगबारे प्रस्तुतीकरण दिदै नेपालको आर्थिक विकास गर्न प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो । वहाँले नेपाल परापूर्वकालदेखि प्रविधिमा अगाडि भएतापनि आधुनिक प्रविधिको उचित प्रयोग गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रा.डा. सातोले सामुहिक इ–लर्निङ प्रणालीबारे प्रस्तुतीकरण दिने क्रममा नेपाल र जापानका विद्यार्थीहरूका वीच आधुनिक प्रविधि प्रयोग गरी आ–आफ्ना देशका ज्ञान र संस्कृतिको आदानप्रदान गर्न सकिने विचार व्यक्त गनुभयो ।

कार्यक्रममा एमएससी फिजिक्स र वीएससी सीएसआईटीका विद्यार्थीहरू तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घोषण तथा सहजकर्ताको भूमिका पोखरा फिजिक्स रिसर्च इनिसियटिभका संयोजक डा. कपिल अधिकारीले निभाउनुभएको थियो ।

Published by: Institute of Sc. & Tech
Published on 2017-12-30

Download Full Text