Prithvi Narayan Campus, Pokhara, Nepal

रसायनशास्त्र सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., असौज २८ – पृथ्वीनारायण क्याम्पस, नेपाल केमिकल सोसाइटी, काठमाण्डौं र क्रियामूलक–अनुसन्धान तथा परामर्श केन्द–नेपालको सयुक्त आयोजनामा “Better Things for Better Living through Chemistry” मूल नारा सहितको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भयो ।

पृथ्वीनारायण क्याम्पस, पोखराका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यता तथा नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा.डा. अमरप्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसैगरी गोष्ठीमा त्रि.वि. सेवा आयोगका पूर्व सदस्य तथा रसायनशास्त्र केन्द्रिय विभागका प्रा.डा. केदारनाथ घिमिरे किनोट स्पिकरका भूमिका निर्वाह गर्नुभएको थियो ।

गोष्ठीमा पोखरा, काठमाण्डौं, बुटवल, चितवन, धनकुटा लगायत विभिन्न स्थानबाट आउनुभएका वैज्ञानिक विज्ञहरूले विविध विषयमा कार्यपत्रमा आफ्ना प्रस्तुती दिनुभएको थियो । करिब ६० जना वैज्ञानिक तथा प्राध्यापकहरूको सहभागिता रहेको सो गोष्ठीमा रसायनशास्त्र सम्बन्धी विविध विषयमा वहाँहरूका बीच अन्तक्र्रिया भएको थियो । 

पृथ्वीनारायण क्याम्पस, रसायनशास्त्र विभागका उप–प्राध्यापक डा. रामजीवन यादवले कार्यक्रमको संयोजन गर्नुका साथै कार्यक्रमको सञ्चालन समेत गर्नुभएको थियो ।

Published by: Dept of Chemistry
Published on 2017-10-15

Download Full Text