Prithvi Narayan Campus, Pokhara, Nepal

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सम्बन्धी सूचना !

त्रि.वि. पृथ्वीनारायण क्याम्पसको मिति २०७३।११।१८ गतेको बैठकको निर्णय नं. १ अनुसार २०७३।११।१८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति २०७३।११।२५ गते हुने गरी निम्न बमोजिम संशोधित स्व.वि.यु. निर्वाचन तालिका प्रकाशित गरिएको छ ।

१. दाबी बिरोधउपर छानबिन गरी उमेदवारको नामावली प्रकाशित गर्ने :- २०७३।११।१९ गते दिउँसो १:०० बजे

२. उमेदवारको नाम फिर्ता लिने अन्तिम समय :- २०७३।११।२० गते ११:०० बजेदेखि ४:०० बजेसम्म

३. उमेदवारको अन्तिम नामावली प्रकाशित गर्ने :- २०७३।११।२२ गते ३:०० बजे

४. मतदान मिति :- २०७३।११।२५ गते बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म

विस्तृत सूचना तलको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।

स्व.वि.यु. निर्वाचनको नयाँ कार्यतालिका

पुनश्च:

क) स्व.वि.यु. निर्वाचनको आचारसंहिता पूर्व प्रकाशित भएअनुसार नै हुनेछ ।

ख) त्रि.वि. शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट मिति २०७३।१०।१५ र २०७३।११।०६ मा प्रकाशित निर्वाचन तालिकाअनुसार निर्वाचन कार्यक्रम अगाडि बढाईएको कार्यलाई यसै कार्यतालिका बमोजिम भए गरेको मानी बाँकी कार्यका लागि यसै कार्यतालिका अनुसार कार्यक्रम अगाडि बढाईनेछ ।

 

.....................................

प्रा.डा. देवेन्द्रबहादुर लामिछाने

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-03-01

Download Full Text