Prithvi Narayan Campus, Pokhara, Nepal

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धी सूचना !

यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिले निरन्तर कार्य गरिरहेको अवस्थामा मिति २०७३ फागुन १५ गतेदेखि भएको निर्वाचन समितिको कार्यालयको तालावन्दीका कारणले गर्दा १८ गते सम्पन्न गरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि समय अपर्याप्त भएको भनी निर्वाचन समितिबाट निर्णय भई आएकाले आचार संहिता सम्वन्धी निर्देशिका—२०७३ को बुदा नं. ७ को अधिकार प्रयोग गरी स्व.वि.यु.निर्वाचनको लागि आवश्यक पर्ने दिन थप गर्ने र निर्वाचन तालिका पछि प्रकाशन गर्ने निर्णय भएको व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

.......................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-02-28

Download Full Text