Prithvi Narayan Campus, Pokhara, Nepal

जनप्रशासन विषयमा स्नातकोत्तर तह (MPA) र स्नातक तह (BPA) का कक्षा सञ्चालनसंबन्धी सम्भाव्यता अध्ययन

त्रि.वि.–पृ.ना.क्या., फागुन ३ — व्यवस्थापन संकायअन्तर्गत जनप्रशासन (Public Administration) विषयका कक्षाहरु पृथ्वीनारायण क्याम्पसमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन मिति २०७३ असोज ११ गतेका दिन सम्पन्न भएको छ ।

सो अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभाग, किर्तिपूरबाट विभागीय प्रमुख प्रा.डा. टेकनाथ ढकाल, पूर्व सहायक डीन प्रा.डा. पुरुषोत्तम शर्मा, पूर्व विभागीय प्रमुख प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र प्रा.डा. गोबिन्द ढकालसहितको एक टोलीले क्याम्पस प्रमुख प्रा.डा. देबेन्द्रबहादुर लामिछाने र सहायक क्याम्पस प्रमुखसंग छलफल गरेको थियो ।

छलफलपछि टोलीले पृथ्वीनारायण क्याम्पसमा जनप्रशासन विषयका स्नातकोत्तर र स्नातक तहका कक्षाहरु सञ्चालन गर्न सकिने सम्भावना रहेको जानकारी गरायो । साथै केन्द्रीय विभाग यसका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएको थियो ।

तत्पश्चात् क्याम्पस स्थायी समिति र व्यवस्थापन समितिमा छलफल गरी सहमति–पत्रमा हस्ताक्षर गरी सो टोली लाई हस्तान्तरणसमेत गरियो ।

लगत्तै सम्भाव्यता अध्ययन गर्नका लागि सहायक डीन बिष्णुप्रसाद कोइराला र विभागीय प्रमुख प्रा.डा. टेकनाथ ढकाल क्याम्पसमा आई सम्बन्धित विषयका प्राध्यापकहरु, भौतिक सुबिधाहरुका साथै उपयुक्त शैक्षिक वातावरणको समुचित व्यवस्था गर्न सकेमा कक्षाहरु सञ्चालन गर्न सकिन्छ भन्ने राय दिएर वहाँहरु काठमाण्डौं फर्कनु भएको थियो ।

Published by: Faculty of Mgmt
Published on 2017-02-14

Download Full Text