Prithvi Narayan Campus, Pokhara, Nepal

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

यस क्याम्पसका लागि निम्न प्राविधिक पद करार सेवामा लिनुपर्ने भएकोले निम्नानुसारको योग्यता पुरा गरेका योग्य नेपाली नागरिकहरुबाट मिति २०७३।१०।२० सम्ममा रु. १०००।— (अक्षरेपी एक हजार मात्र) तिरी आˆनो शैक्षिक योग्यताका कागजपत्र सहित आवेदन दिनुहुन सूचित गरिन्छ । रित नपुगेको तथा म्याद नाधि आएको आवेदन उपर कारवाही हुनेछैन ।

 

पद    : मुख्य कार्यालय सहायक (IT को काम गर्ने) ।

शैक्षिक योग्यता     : त्रि.वि. वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रमाणपत्र तह वा सो सरहको तह उतीर्ण गरी कम्प्युटर डिप्लोमा वा IT सम्वन्धी ६ महिना तालिम प्राप्त ।

संख्या : १ जना ।

 

पद : इलेक्ट्रिसियन (कार्यालय सहायक सरह)

शैक्षिक योग्यता : मान्यता प्राप्त संस्थाबाट SLC उर्तीर्ण गरी कम्तिमा विल्डिङ्ग इलेक्ट्रिसियन सम्वन्धी CTEVT को लेभल IInd (दोश्रो तह) वा सो सरह उतीर्ण गरेको (CTEVT बाट प्लम्विङ सम्वन्धी प्रथम तह पास गरेकोलाई विशेष प्राथमिकता दिइने छ ।)

 

संख्या : १ जना

 

तलब स्केल   : त्रि.वि.नियमानुसार ।

 

आवेदन ाराम कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

परीक्षाको किसिम : लिखित/ प्रयोगात्मक/ अन्तर्वार्ता

 सम्पर्क मिति : २०७३।१०।२०

परीक्षा सम्वन्धी कार्यक्र: सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

...................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-01-19

Download Full Text