Prithvi Narayan Campus, Pokhara, Nepal

अंग्रेजी विभागमा “जंगबहादुरको बेलायत–यात्रा”संबन्धी अन्तरविभागीय अन्तरक्रिया

त्रि.वि.पृ.ना.क्या. पुस १२ — पृथ्वीनारायण क्याम्पसअन्तर्गत अंग्रेजी विभागले २०७३ साल पुस ५ गते “जंगबहादुरको बेलायत–यात्रा”को पुस्तकबारे एक अन्तरविभागीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तरक्रिया यसै क्याम्पसअन्तर्गत ईतिहाँस तथा संस्कृति विभागका प्रमुख तथा प्रा.डा. डिलबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रा.डा. क्षेत्री पूर्व क्याम्पस प्रमुखसमेत हुनुहुन्छ ।

प्रा.डा. क्षेत्रीलाई सो पुस्तकबारे समीक्षा गर्नका लागि प्रमुख वक्ताका रुपमा अंग्रेजी विभागका सह–प्राध्यापक डा. मीन पुनको अनुरोधमा आमन्त्रित गरिएको थियो । जंगबहादुरको जिवनीबारे बोल्दै वहाँले सन् १९५०को सुरुवातमा जंगबहादुरको बेलायत यात्रासम्बन्धी नेपाली भाषामा लेखिएको यात्रा विवरणलाई कमल दिक्षितद्वारा सम्पादित पुस्तकबारे व्याख्या गर्नु भएको थियो ।

वहाँले जंगबहादुर राणा एक बहुआयामिक प्रतिभाशाली दूरदर्शी राजनितिज्ञ, राष्ट्रवादी शासक, र वैदेशिक नीतिका सक्षम व्यक्तित्व भएको विचार व्यक्त गर्नुभयो । वहाँले अगाडी भन्नुभयो – “जंगबहादुरको बेलायत यात्राले नेपाललाई सार्वभौम राष्ट्रका रुपमा जोगाई राख्नमा मद्दत पुर्याएको र नेपाललाई पश्चिमा देशसंग परिचित गराउन सफल गरायो ।”

नेपाली भाषामा लेखिएको “जंगबहादुरको बेलायत–यात्रा”को पुस्तकलाई बेलायती लेखक जोन ह्वेल्टनले अंग्रेजी भाषामा अनुवाद गर्नु भएको हो । यसको शीर्षक Jang Bahadur in Europe राखिएको छ ।

अंग्रेजीमा अनुवादित Jang Bahadur in Europe पुस्तक अंग्रेजी विभागको एम.ए. दोश्रो वर्षको पाठ्यक्रममा नवौं पेपरका रुपमा Nepal Studies विषयअन्तर्गत समावेश गरि पठनपाठन गरिदै आएको छ । सो पुस्तक सोही विभागका सह–प्राध्यापक डा. मीन पुनले प्राध्यापन गर्दै आउनुभएको छ ।

डा. मीन पुनले यसै सन्दर्भमा भन्नुभयो – “जंगबहादुरको बेलायत–यात्रा”को नेपाली भाषाको पुस्तकबारे सोही विषयका ज्ञाता प्रा.डा. क्षेत्रीसंग बहस गर्दा विद्यार्थीहरुलाई अंग्रेजी भाषामा अनुवाद गरिएको पुस्तकलाई तुलनात्मक अध्ययन गर्न फाईदा हुनेछ । र प्रा.डा. क्षेत्रीसंगको बहसले अन्तरविभागीय अन्तरक्रिया हुनका साथै विश्वविद्यालयमा अन्तरविधासंबन्धी अभ्यासको नमूना प्रस्तुत गरेको छ ।

सो अन्तरक्रिया कार्यक्रममा अंग्रेजी विभागमा अध्ययनरत एम.ए. दोश्रो वर्षका विद्याथीहरु र ईतिहाँस तथा संस्कृति विभागमा अध्ययनरत एम.ए. प्रथम वर्षका विद्याथीहरुको सहभागिता रहेको थियो ।

Published by: Dept of English
Published on 2016-12-27

Download Full Text