Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे स्नातक तह चौंथो तथा ३वर्षे एल.एल.वी. द्वितीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

४ वर्षे स्नातक तह चौंथो तथा ३वर्षे एल.एल.वी. द्वितीय वर्षको परीक्षा आवेदन ारम भर्ने सूचना !

 

४वर्षे स्नातक तह चौंथो वर्षको लागि

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७३ मंसिर १२ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७३ सालमा संचालन हुने ४वर्षे स्नातक तह चौंथो वर्षका विज्ञान (B.Sc.) आंशिक तथा पूरा र ब्यवस्थापन(BBS) का पूरा परीक्षा दिने परीक्षार्थीहरुले यहि मिति २०७३ पौष ७ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

३वर्षे एल.एल.वी. िद्वतीय वर्षको लागि

 

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७३ मंसिर १२ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार मिति २०७२ साल श्रावणमा भर्ना भई २०७३ बैशाख/जेष्ठमा प्रथम वर्षको परीक्षा दिई द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले ३वर्षे एल.एल.वी द्वितिय वर्षको परीक्षा आवेदन फारम भरी २०७३ पौष ७ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा शुल्क

क. परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—

ख. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १५०।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—

ग. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु २२५।—

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-11-27

Download Full Text