स्नातकोत्तर तह दोश्रो वर्ष (२०७० ए) को छात्रवृत्ति सम्बन्धी सूचना !
यस क्याम्पसमा सञ्चालित मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्ष २०७० ए भर्ना समूहका विद्यार्थीहरुलाई नि:शुल्क छात्रवृत्तिको लागि निम्नलिखित कागजातहरु सहित मिति २०७३ श्रावण १८ गतेभित्र आवेदन फाराम भरी विद्यार्थी कल्याण शाखामा बुझाउनुहुन सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरीन्छ । उक्त मिति पछि प्राप्त आवेदन माथि कुनै कारबाही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ । विभिन्न कारणबाट नि:शुल्क भर्ना भएका विद्यार्थीहरुले नि:शुल्क छात्रवृत्ति फाराम भर्न पाइनेछैन ।
आवश्यक कागजातहरु:
– अघिल्लो वर्ष (प्रथम वर्ष) को लब्धांक पत्रको प्रतिलिपि पेश गर्नुपर्ने र सक्कल देखाउनु पर्ने ।
– कक्षा रोल नं. उल्लेख भएको दोस्रो वर्षको भर्ना रसिदको प्रतिलिपि पेश गर्नुपर्ने ।
नोट: १) प्रथम वर्षको परीक्षामा उत्तिर्ण विद्यार्थीहरुले मात्र आवेदन फाराम भर्न पाईने छ ।
२) आवेदन फाराम विद्यार्थी कल्याण शाखाबाट प्राप्त गर्न सकिने छ ।
.............................................
नेत्रनारायण पौडेल
क्याम्पस विद्यार्थी कल्याण प्रमुख
Published by: Student’s Welfare
Published on 2016-07-22
Download Full Text