Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसका सम्पूर्ण काम डिजिटल प्रविधिद्वारा गरिने

त्रिवि–पृ.ना.क्या., असार १६ — पृथ्वीनारायण क्याम्पसका सम्पूर्ण कार्य डिजिटल प्रविधिद्वारा गरिने भएको छ । सो कार्य तीन महीनाभित्र सम्पन्न हुनेगरी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. देबेन्द्रबहादुर लामिछाने र सफ्टवेयर कम्पनी -XL Soft Tech Pvt. Ltd., New Road, Pokhara_ का तर्फबाट सि.ई.ओ. सुनिल पाण्डेका बीच हालै सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

सफ्टवेयर कम्पनीका सि.ई.ओ. पाण्डेका अनुसार सो कार्य तीन महीनामा सम्पन्न गरिने सम्झौता भएतापनि सो अवधीभन्दा पहिले नै काम सम्पन्न गर्ने प्रयास गरिनेछ । वहाँले अगाडी भन्नुभयो —“क्याम्पसको सम्पूर्ण काम कम्प्यूटर प्रणालीबाट गरिँदा कर्मचारी कम लाग्नुका साथै छिटोछरिटो र सटिक ढंगले सम्पन्न गर्न सकिनेछ ।”

एक्काइसौं शताब्दीको वरदानका रुपमा आएको सूचना प्रविधिको प्रयोगले क्याम्पसको परम्परागत काम गर्ने तरिकाबाट हुने गरेका ढिलासुस्ती र अस्तव्यस्ततालाई कम गरी क्याम्पस प्राज्ञिक उन्नयनतिर अग्रसर हुनेछ, पृथ्वीनारायण क्याम्पसअन्तर्गत कार्यरत रहेको QAA Unit का संयोजक तथा अंग्रेजी विभागका सह–प्राध्यापक डा. मीन पुनले भन्नुभयो । वहाँले डिजिटल प्रणालीको प्रयोगविना नेपालको उच्च शिक्षाको सुधार असम्भव हुने विचार पनि व्यक्त गर्नुभयो ।

डा. पुनका अनुसार क्याम्पसलाई चाहिने डिजिटल प्रणाली तयार गर्नका लागि टेण्डर प्रक्रियाद्वारा सफ्टवेयर कम्पनीको छनोट गरिएको थियो जसमा पोखरा र काठमाण्डौंका गरी जम्मा १० वटा सफ्टवेयर कम्पनीहरुले निवेदन दिएका थिए । बोलकबोल रकम र डेमो प्रस्तुतीकरणका आधारमा XL Soft Tech कम्पनीलाई यो डिजिटल प्रणाली तयार गर्न छनोट गरिएको हो ।

सम्झौता–पत्रमा उल्लेख गरिएअनुसार क्याम्पसको सम्पूर्ण कामलाई तीन तह (शैक्षिक प्रशासन, आर्थिक प्रशासन र पुस्तकालय प्रशासन) मा विभाजन गरी सोही अनुसार सम्पूर्ण सूचना र डाटालाई कम्प्युटराइज्ड गरी पेपसलेस अफिसको अवधारणालाई अपनाईने छ ।

क्याम्पस सूत्रका अनुसार विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त गर्ने सन्दर्भमा डिजिटल प्रविधिको प्रयोगको आवश्यकता महशुस गरी यो डिजिटल प्रविधिमा जाने निर्णय गरिएको हो ।

Published by: Administration
Published on 2016-07-01

Download Full Text