Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसको डाटावेस सिस्टम तयार गर्नेबारे सिलबन्दी कोटेशन आव्हान

(प्रथम पटक प्रकाशित मिति २०७३।०१।२१)

त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस, पोखराको लागि निम्नलिखित बमोजिमको “वेवमा आधारित डाटाबेस सिस्टम” तयार गर्नु परेकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक नेपाली फर्म वा संस्थाहरुले आफ्नो फर्म दर्ता, मूल्य अभिबृद्धि कर दर्ता र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी सहित संलग्न राखी प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा प्राप्त हुने गरी निवेदन सहितको सिलबन्दी कोटेशन बुझाउन हुन सूचित गरिन्छ ।

प्याकेजमा तयार गर्नुपर्ने काम

१) शैक्षिक प्रशासन प्रणाली (Education System) - (शिक्षक, कर्मचारी र विद्यार्थीको विवरणसहित)

२)  आर्थिक प्रशासन प्रणाली (Accounting System) - ( (शिक्षक कर्मचारीको तलव, विद्यार्थीको फि र सम्पूर्ण आम्दानी खर्च विवरणसहित)

३)  पुस्तकालय प्रणाली (Library Automation) - (करिव ८० हजार पुस्तक र जर्नलको विवरणसहित)

नियम र शर्तहरु

१)  निवेदन र सिलबन्दी कोटेशन तल दिइएको ठेगानामा बुझाउन वा इमेल मार्फत पठाउन सकिनेछ ।

२)  सिलबन्दी कोटेशन को छनोटको अन्तिम नतिजा प्रथम सिलबन्दी कोटेशन आब्हानको दशौं दिनमा गरिने छ । सोको जानकारी क्याम्पसको वेवसाइटमार्फत दिइनेछ ।

३)  सिलबन्दी कोटेशन को चयन गर्ने वा नगर्ने बारे QAA/EMIS Unit, पृ.ना. क्याम्पस, भीमकालीपाटन बगर पोखरामा सर्बाधिकार रहनेछ ।

सिलबन्दी कोटेशन बारे सोधपुछ र बुझाउने ठेगानाः

QAA/EMIS Unit

त्रि.वि.वि. पृथ्वीनारायण क्याम्पस

भिमकालीपाटन बगर, पोखरा

Email: qaa.emis@pncampus.edu.np

Website: www.pncampus.edu.np

Published by: Administration
Published on 2016-05-03

Download Full Text