Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह दोश्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७२ चैत्र २८ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सम्पूर्ण संकाय तर्फ स्नातक तह दोश्रो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७३ बैशाख २२ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा दिन पाइने योग्यता :

. २०६६ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि

    यो अन्तिम पटकको परीक्षा हुनेछ ।

. नियमित परीक्षामा सम्मिलित हुने परीक्षार्थीले प्रथम वर्षको सिम्वोल नं. तथा आंशिक    

    परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुले परीक्षा ारमको शिरमा गत सालमा दोश्रो

    वर्षको परीक्षामा सामेल भएको परीक्षा सिम्वोल नं. अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ ।

. आंशिक परीक्षाको लागि फारम भर्ने विद्यार्थीहरुले गत वर्षको सोही तह र खण्डको 

    लब्धाङ्कपत्रको छायाप्रति पेश गर्नुपर्नेछ ।

परीक्षा शुल्क

. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—

. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १५०।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—

. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु २७५।—

 

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-04-21

Download Full Text