Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा विज्ञानसंबन्धी दुई–दिने सम्मेलन सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., पौष ९ – पृथ्वीनारायण क्याम्पस, बगर, पोखराको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा “सुखद् जीवनका लागि विज्ञान” विषयक दुई दिने सम्मेलन सोही अध्ययन संस्थानका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीको अध्यक्ष्यतामा हालै सम्पन्न भएको छ ।


सम्मेलनको उद्घाटन गर्दै सो क्याम्पसका प्रमुख प्रा.डा. देबेन्द्र बहादुर लामिछानेले विज्ञान शिक्षालाई देश विकास गर्नमा सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । वहाँले भन्नु भयो, “साँचो अर्थमा यसका लागि गुणस्तरीय विज्ञान शिक्षामा जोड दिनुपर्ने हुन्छ ।”


सो सम्मेलनको उद्घाटन सत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रा.डा. अक्कलदेब मिश्रले “किनोट सम्बोधन” गर्नु भएको थियो । उक्त सम्बोधनका क्रममा वहाँले नेपालको विज्ञान शिक्षामा राज्यको कम लगानी रहेको र फलस्वरुप युवा जनशक्ति देशबाट पलायन हुदै गएको विचार व्यक्त गर्नु भयो ।


सम्मेलनमा पन्ध्र वटा विज्ञानका विविध पक्षमा वि.एस.सी.का विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए भने सम्मेलनलाई पाँच वटा सत्रमा विभाजित गरी सोही अध्ययन संस्थानका प्राध्यापकहरूद्वारा टिप्पणी गरिएको थियो । टिप्पणीकर्ता प्राध्यापकहरूमा प्रा.डा. चन्द्र बहादुर थापा, सह–प्राध्यापक कुल प्रसाद दाहाल, सह–प्राध्यापक परशुराम पौडेल र सहायक उप–प्राध्यापक लाक्पा छिरिङ गुरुङ रहनु भएको थियो ।


विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तरगत क्रियाशील “अवेरनेस गु्रप अफ् टेक्निकल साईन्स” (एजिटिएस)ले सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलन सम्पन्न गर्नमा सोही क्याम्पसका अंग्रेजी विषयका उप–प्राध्यापक डा. मीन पुनले मुख्य सहजकर्ताका भूमिका निर्वाह गर्नु भएको थियो भने एजिटिएसका अध्य

Published by: Institute of Sc. & Tech
Published on 2015-12-24

Download Full Text