Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह द्वितिय वर्ष र १वर्षे वी.एड.को परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७२ मंसिर ४ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७२ सालमा संचालन हुने २०७१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातकोत्तर तह द्वितिय वर्ष मानविकी, ब्यवस्थापन, र शिक्षाशास्त्र संकाय तर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७२ मंसिर मसान्त सम्म  र १वर्षे वी.एड.का पूरा तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७२ पौष ७ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा दिन पाइने योग्यता ः
स्नातकोत्तर तह द्वितिय वर्षः
क. २०६६ सालमा प्रथम पटक सामेल भएका वा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
१ वर्षे वी.एड.ः
क. २०६७ सालमा प्रथम पटक सामेल भएका वा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।

ख. नियमित परीक्षार्थीहरुले प्रथम खण्ड, प्रथम पटक परीक्षा दिएको रोल नं. र परीक्षा वर्ष र आंशिम परीक्षार्थीहरुले सोही खण्डको गत वर्षको परीक्षा दिएको रोल नं. आवेदन फारमको शिरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।
परीक्षा शुल्क
विवरण                                                                   स्नातकोत्तर तह    १वर्षे वी.एड.
आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु.    ८१५                          ६३०
प्रयोगात्मक परीक्षा शुल्क १ विषयको लागि रु.         १७५                          १५०
प्रयोगात्मक परीक्षा शुल्क २ विषय

Published by: Administration
Published on 2015-11-22

Download Full Text