सूचना !
आन्तरिक राजस्व कार्यालय कास्कीको प.सं.०७२।०७३ च.नं.१४०७ मिति २०७२।०५।०७ को पत्रानुसार अघिल्ला वर्षहरुको आयकर दाखिला नगरेको भए आफ्नो सम्पूर्ण आम्दानीलाई एकत्रित गरी आ.व.०६८।०६९, ०६९।०७० र ०७०।०७१ को मिति २०७२ पौष मसान्तभित्र र आ.व.०७१।०७२ को २०७२ आश्विन मसान्तभित्रमा आय विवरण पेश गरी आयकर दाखिला गरेमा सोमा लाग्ने शुल्क, ब्याज, जरिवाना छुट हुने आर्थिक ऐन २०७२ को दफा २० मा व्यवस्था भएकोले सो कुरा यस क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीहरुलाई जानकारी गराईदिन अनुरोध भई आएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।