Prithvi Narayan Campus, Pokhara, Nepal

संचयकोष फाराम सम्बन्धी जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालय र कर्मचारी संचयकोष पुल्चोकसँग कार्यसम्पादन समझदारीमा व्यवस्था भएअनुसार २०७२ श्रावण महिनादेखि कर्मचारी संचयकोषमा मासिक कोष कट्टी र थप अनुदान पठाइने हुँदा यस क्याम्पसमा कार्यरत स्थायी प्राध्यापक तथा कर्मचारीहरुको विवरण फाराम भरी यथासिघ्र संचयकोष शाखा कीर्तिपुरमा पठाउनुपर्ने भनि फाराम भर्न मिति २०७२ भाद्र १४ गते सूचना प्रकाशित गरी फाराम भरिसकिएकोमा थप विवरणसहितको अर्को फाराम प्राप्त भएकोले एक हप्ता भित्रमा आर्थिक प्रशासन शाखामा सम्पर्क गरी पुन: फाराम भर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Published by: Other
Published on 2015-09-09

Download Full Text