Prithvi Narayan Campus, Pokhara, Nepal

तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., वैशाख १८- विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शैक्षिक योजना तथा व्यवस्थापन तथा शिक्षा बिभागले संयुक्तरूपमा आयोजना गरेको "तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला-२०२३" विषयक ५ दिने कार्यक्रमको पाँचौ दिन आज बैशाख १८ गते समापन समारोह भव्य र सभ्य रुपले सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. डा. नवराज देवकोटा बिशिस्ट अतिथिको रुपमा, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा. प्रमोद पौडेल विशेष अतिथिको रुपमा, विज्ञ प्रा. डा. लेखनाथ भट्टराई, अनुसन्धान तथा नवप्रवतर्तन केन्द्र सदस्य प्रा. डा. मीन पुन, सल्लाहकार सदस्य यादवराज अधिकारीले अतिथिको रूपमा मन्तव्य राख्नुभएको थियो भने उपप्रा. सकुन्तला पंगेनीले स्वागत मन्तव्य, उपप्रा. राम प्रसाद सुवेदीले सहभागीको तर्फबाट अनुभव तथा कार्यक्रमका संयोजक डा. श्रीकृष्ण पन्थीले धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियो । उक्त समापन समारोहको कार्यक्रम टेकनाथ पौडेलले सन्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिले सामाजिक विज्ञान तथा शिक्षातर्फ अनुसन्धान लेखहरु अभाव रहेको अवस्था छ, साे पुरागर्न अनुसन्धानमा लाग्न प्रेरणादात्मक सल्लाह दिनु भयो, विशिष्ट अतिथि डा. देवकोटाले शिक्षण सिकाई कार्यभारमा अनुसन्धानलाई पनि समाबेस गराउनुपर्ने बताउनु भयो भने, विशेष अतिथि पौडेलले अनुसन्धानमा बाैद्धिक चाेरी तथा गुणस्तरलाई ध्यान दिन सल्लाह दिनु भयो । साथै विज्ञ भट्टराईले सिकेको कुरालाई व्यवहारमा उतार्न सल्लाह दिनुभएको थियो भने अर्का विज्ञ प्रा डा पुनले अनुसन्धानमा छुट्टयाइएको बजेटसमेत खर्च नभएको तितो अवस्थाका बाबजूत QAA प्राप्त गरेपछि पृथ्वीनारायण क्याम्पसका ४ वटा जर्नलहरु star चिन्ह हासिल गरिसकेको बताउनु भएको थियो ।

कार्यक्रमको अन्तमा अनुसन्धानलाई देश र समाजको विकाससँग जाेड्नुपर्ने विचार राख्दै सभापति तथा शिक्षा विभाग प्रमुख रेशम बहादुर सुवेदीले कार्यक्रमको विसर्जन गर्नुभएको थियो । कार्यक्रममा TUTA एकाइ अध्यक्ष डा लक्ष्मीशरण अधिकारी, आर्थिक सहनियन्त्रक तथा लेखा प्रमुख पुष्पराज पौडेल, QAA शाखा प्रमुख अमृत कुमार भण्डारी, पुस्तकालय प्रमुख किशाेर सुवेदी, नवराज बास्ताेला पनि अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा आयोजक समितिले सहभागीलाई प्रमाणपत्र, विज्ञलाई कदरपत्र र अतिथि त्रयलाई मायाको चिनो प्रदान गरेको थियो ।

Published by: Dept of Education
Published on 2023-05-01

Download Full Text