Prithvi Narayan Campus, Pokhara, Nepal

 Blog



डा. मीन पुन


QAA र नेपालको उच्च शिक्षामा सुधारका प्रयास

Published on 2018-05-17

गुणस्तर सुनिश्चितता (Quality Assurace) वा गुणस्तर नियन्त्रण (Quality Control) वस्तुको उत्पादन तथा सेवासंग जोडिएका शब्दावली हुन्। यी शब्दावलीहरू ISO ९००० ले वस्तुको गुणस्तर मापन गर्ने क्रममा प्रयोगमा ल्याइएका शब्दावलीहरू हुन् जसको अर्थ हुन्छ वस्तुको गल्ती अथवा दोषरहित उत्पादन गरि आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने। यसलाई उत्पादन गरिने देशको सरकार, सरकारद्वारा गठित कुनै अंग, उत्पादकहरूको संगठन वा ग्राहकहरूको संगठनमार्फत उपभोग गरिने वस्तुको गुणस्तरको सुनिश्चितता र मापन गर्नु हो। read more...


डा. मीन पुन


विश्वविद्यालय नेतृत्वको चयनः अन्तर्राष्ट्रिय सन्दर्भ र अबको बाटो

Published on 2016-04-24

विश्वविद्यालय भनेको उच्च शिक्षाको पठनपाठन र अनुसन्धान गरिने एक स्वायत्त शैक्षिक संस्था हो र हुनुपर्दछ। यो संस्था कुलपति, सह–उपकुलपति र उपकुलपति जस्ता पदाधिकारीहरूको अधीनमा रहेर सञ्चालित रहन्छ। विश्वविद्यालयलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउनका लागि यिनै अधिकारीहरूको अहं भूमिका रहन्छ। जसरी गाडीलाई सुरक्षितसाथ सही गन्तब्यमा पुर्याउन गाडी चालकको महत्वपूर्ण भूमिका रहन्छ त्यसरी नै विश्वविद्यालयलाई हाँक्ने यिनै अधिकारीहरूको नेतृत्वदायी भूमिकाको अपेक्षा गरिएको हुन्छ। read more...


प्रा.डा. विश्वकल्याण पराजुली


नयाँ विश्वविद्यालय स्थापनाका सन्दर्भमा पृथ्वीनारायण विश्वविद्यालयका चुनौती र मार्गचित्र

Published on 2016-03-15

सन्दर्भ र विषय प्रवेश
समावेशी राज्यको पुनर्निर्माण र मुलुकको सङ्घीय पुनःसंरचनाका लागि राष्ट्रिय बहस भइरहँदा दलहरूबीच संविधानसभाद्वारा मुलुकलाई सङ्घीयतामा रूपान्तरण गर्ने सहमति भइसकेको छ। सामाजिक अग्रगमन, समुन्नत र सुदृढ नेपाल राज्यको सङ्घीय संरचना निर्माणका लागि प्रत्येक सचेत नागरीकले नयाँ भूमिकाको खोजी गर्नुपर्ने देखिन्छ। अतः परिवर्तित सन्दर्भमा नेपालमा उच्च शिक्षाको संरचना र विश्वविद्यालयहरूको भूमिकामा समेत परिमार्जन र रूपान्तरण गर्नुपर्ने बाध्यात्मक आवश्यकतालाई नकार्न सकिदैन। read more...


Prof. Dr. Birendra Singh Gurung


The Proposed Prithvi Narayan University: Possibilities and Challenges

Published on 2016-01-10

The word “university” is derived from the Latin phrase universitas magistrorun et schoolrium, roughly signifying "community of teachers and scholars" engaged in teaching and research in higher level of education. The teachers are attached to a formal institution imparting knowledge to the desired students belonging to the different streams of knowledge. Officially, a university is an institution of higher education and research, which grants academic degrees in a variety of subjects. read more...


प्रा.डा. दिलबहादुर क्षेत्री

पृथ्वीनारायण क्याम्पसमा अनुसन्धान एवं प्रकाशनसम्बन्धी गतिविधिहरुको सिंहावलोकन

Published on 2016-01-03

ऐतिहासिक पृष्ठभूमि
पोखरा उपत्यका विश्वकै एक रमणीय एवं मनोरम पर्यटकीय केन्द्रका रुपमा स्थापित उपत्यका हो। यो उपत्यका हिमाली–पहाडी स्थलाकृत कञ्चन नदी प्रवाह, स्वच्छ तालतलैया, स्वच्छ एवं आनन्ददायी मौसम, मनोरम प्रकृतिको एक सुन्दर संगमस्थल हो। सांस्कृतिक विभिन्नताले सम्पन्न यो उपत्यका विभिन्न जाति–जनजाति समुदायको सौहार्द केन्द्र स्थल हो। पोखरा उपत्यका वास्तवमा विकासका दृष्टिले असीमित संभावनाहरुले युक्त उदीयमान केन्द्र पनि हो (श्रेष्ठ र अन्य, २०६४:१)। पूर्वाधार विकासका विभिन्न पहलहरुमध्ये शैक्षिक क्रियाकलाप विकासका read more...


डा. गिरधारी दाहाल

गुणस्तरीय शिक्षाका लागि सेमेस्टर प्रणाली: त्रिभुवन विश्वविद्यालय र यसका चुनौती

Published on 2015-12-07

एक्काइशौं शताब्दीमा विज्ञान र प्रविधि एवम् सूचना र सञ्चार क्षेत्रमा भएको विकासलाई नेपालमा भित्र्याउन गुणस्तरीय प्रतिस्पर्धामा खारिन सक्ने शिक्षा आवश्यक हुन्छ । यस्तो गुणस्तरीय जनशक्ति उत्पादन गर्न नेपालको गौरव बोकेको त्रिभुवन विश्वविद्यालयले उच्च जनशक्ति सेमेस्टर प्रणालीका माध्यमबाट उत्पादन गर्ने जमर्को गरेको छ। यस प्रणालीमा नियमित पठन पाठन, नयाँ ज्ञानको प्रवाह, पाठ्यक्रमको निरन्तर सुधार, पढ्दै बढ्दै जाने सिद्धान्तका आधारमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिन्छ। read more...