Prithvi Narayan Campus, Pokhara, Nepal

स्वास्थ्य मापदण्ड कायम गर्ने सम्बन्धी जरुरी सूचना ।

कोरोना महामारीकाबिच त्रिभुवन विश्वविद्यालयले यहि २०७७१०८।२८ गतेदेखि यस क्याम्पसमा सन्चालन गर्ने स्नातक तह चौथो वर्षको वार्षिक परीक्षा र स्नातकोत्तर तहको विभिन्न सेमेष्टरको परीक्षाहरुमा सम्मिलित हुने परीक्षार्थीहरुले देहायअनुसार स्वास्थ्य सुरक्षाका उपायहरु पालना गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ ।

१. परीक्षा हल परीक्षा शुरु हुनुभन्दा १ घण्टा अघि नै खुला गरिनेछ।

२. परीक्षार्थीहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

३. ज्वरो मापन र सेनीटाईजर प्रयोग गरिसकेपछि मात्र परीक्षाहलमा प्रवेश गर्न दिईनेछ।

४. कुनै परीक्षार्थीको ज्वरो, रुघाखोकी जस्ता कोभिडको लक्षण देखिएमा छुट्टै कोठामा राखी परीक्षा दिनुपर्नेछ।

५. कोभिड पोजिटीभ देखिई उपचाररत परीक्षार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयले पछि परीक्षा दिने व्यवस्था गरिएको छ।

६. परीक्षार्थीहरुले परीक्षाका लागि चाहिने शैक्षिक सामग्रीहरु स्वयं आफ्ना लागि मात्र प्रयोग गर्नुपर्नेछ ।

७. बोत्तलवाट खानेपानीको व्यवस्था गर्दा संक्रमण हुने जोखिम हुने भएकोले खानेपानी विद्यार्थी स्वयंले प्रवन्ध गर्नुपर्नेछ।

८. शौचालय गईसकेपछि अनिवार्यरुपले सावुनपानीले हात धोएर मात्र परीक्षाहलमा प्रवेश गर्नुपर्नेछ

९. एकापसमा भौतिक दुरी कायम गर्नुपर्नेछ ।

१०. नेपाल सरकारले तोकिदिएको अन्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

 

प्रा.डा. सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2020-12-11

Download Full Text