Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस/विभागहरुमा संचालित नियमित कक्षा तथा परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरी शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई विदा दिई सवै क्याम्पस/कार्यालयहरु २०७६ चैत्र १० गतेदेखि वन्द गरिएकोमा मिति २०७७ असार १ गतेदेखि प्रशासन खुलेपनि शिक्षकहरुलाई सार्वजनिक विदा दिइदै आएकोमा २०७७ साउन ६ गते मध्यरातदेखि नेपाल सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेकोले उक्त सार्वजनिक विदा पनि समाप्त भएको हुँदा विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय संचालन लगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सवै कार्यहरु मिति २०७७ साउन ७ गतेदेखि सुचारु गर्ने भनी त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मिति २०७७।०४।०६ को पत्र प्राप्त भएको हुँदा यस क्याम्पसमा कार्यरत सम्पूर्ण पूर्णकालिन शिक्षकहरुले हाजिर गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च: नियमित पठनपाठन संचालन भै नसकेकाले हाल क्याम्पस कार्यालय दिवा शिफ्टमा मात्र संचालन भएको हुँदा उक्त शिफ्टमा सम्पूर्ण पूर्णकालिन शिक्षकहरुले हाजिर गर्नुहुन समेत जानकारी गराइन्छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2020-07-22

Download Full Text