Prithvi Narayan Campus, Pokhara, Nepal

Online कक्षा संचालन सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयानुसार जारी गरिएको “त्रिभुवन विश्वविद्यालय विद्युतीय संचार ब्यवस्थापन सम्वन्धी निर्देशिका २०७७” र “विद्युतीय माध्यम   (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७”बमोजिम पहिलो चरणमा यस क्याम्पसमा पठनपाठन हुने सेमेष्टर प्रणालीका कक्षाहरु अनलाईनका विभिन्न Apps हरु मार्फत सञ्चालन भइरहेकोमा अवदेखिका कक्षाहरु MS Team मार्फत संचालन हुने ब्यहोरा जानकारी गराइन्छ ।

MS Team मार्फत संचालन गरिने कक्षाका लागि सम्पूर्ण विद्यार्थीहरुलाई त्रि.वि बाट प्राप्त भएको Email Id आवश्यक हुने हुँदा सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थीहरुले सम्वन्धित विषयको विभागीय प्रमुखसँग सम्पर्क गर्नुहुन साथै वार्षिक प्रणालीअन्तर्गतका विद्यार्थीहरुले सम्वन्धित शैक्षिक प्रशासन शाखामा फोन मार्फत सम्पर्क गरी आफ्नो Email Id लिनुहुन सूचित गरिन्छ ।

पुनश्च: वार्षिक प्रणालीअन्तर्गतका विद्यार्थीहरुको online कक्षा त्रि.वि.निर्देशन अनुसार यथाशिघ्र संचालन हुने ब्यहोरा जानकारी गराइन्छ ।

 

नन्दलाल अधिकारी

नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-06-05

Download Full Text