Prithvi Narayan Campus, Pokhara, Nepal

अनलाइन कक्षा सम्बन्धी सूचना !

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनका कारणले यस क्याम्पसको नियमित पठनपाठन ठप्प रहेको विदितै छ । त्रिभुवन विश्वविद्यालयले लकडाउनको समयमा पनि कक्षालाई निरन्तरता दिनका लागि अनलाइन प्रविधिको माध्यमबाट सञ्चालन गर्न निर्देशन गरेबमोजिम यस क्याम्पसमा पनि पहिलो चरणमा सेमेष्टर प्रणालीका कक्षाहरु अनलाइन माध्यम (Google Meet, Google Classroom, Zoom Cloud Meeting, Skype, Office 365 आदि) को प्रयोग गरी कक्षा सञ्चालन गर्नुपर्ने भएको हुँदा सम्पूर्ण विभागीय प्रमुखहरु र विभागीय सदस्यहरुले सोही अनुसार तयारी गर्नुहुन अनुरोध गरिन्छ । साथै सेमेष्टर प्रणाली अन्तर्गतका कक्षामा अध्ययनरत नियमित विद्यार्थीहरुले आ आफ्ना विषय शिक्षकलाई सम्पर्क गर्नुहुन समेत सू््चित गरिन्छ ।


नन्दलाल अधिकारी
नि.क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2020-04-19

Download Full Text