Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तहको नयाँ भर्ना कार्यक्रम २०७६ को सूचना !

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयहरूद्वारा स्नातकोत्तर तह २०७६ का लागि नयाँ भर्ना कार्यक्रमको लागि प्रकाशित सूचना यहाँबाट डाउनलोड गर्न सकिनेछ । ईच्छुक विद्यार्थीहरूले यस क्याम्पसको खातामा रू.१५००।००  आवेदन शुल्क दाखिला गरी सम्बन्धित शैक्षिक प्रशासन शाखामा फारम भरी बुझाउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।  आवेदन फारम यहाँबाट डाउनलोड गर्न सकिनेछ । अन्य थप जानकारीका लागि क्याम्पसमा सम्पर्क गर्न सकिने छ ।

विवरण:

१.      भर्ना हुने संकाय/अ.सं. : एम.ए., एम.एड., एम्.बि.एस्. एम्.पि.ए. र एम्. एस्सी.

२.       आवेदन फारम बुझाउने मिति २०७६।०९।०४ देखि २०७६।१०।०३ गतेसम्म ।

३.      बिलम्ब शुल्क सहित फारम बुझाउने मिति: २०७६।१०।०५ देखि २०७६।१०।१० गतेसम्म ।

४.      प्रवेश परीक्षा हुने मिति: २०७६।१०।१८ गते

५.      प्रवेश परीक्षा हुने समय: M.Ed. र M.A. को दिवा १२:३० बजे, M.B.S./M.P.A. को बिहान ८:०० बजे हुनेछ भने M.Sc. को पछि तोकिनेछ ।

 आवश्यक कागजातहरू:

-    हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।

-    एस.एल.सी., +२ र स्नातक तह उत्तिर्ण गरेको सम्पूर्ण प्रमाणपत्रका प्रतिलिपीहरू ।

-    अन्य विश्वविद्यालय वा बोर्डबाट  आएकाहरूले त्रि.वि. को समकक्षता निर्धारण गरेको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्नेछ ।

 

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2019-12-20

Download Full Text