Prithvi Narayan Campus, Pokhara, Nepal

कानून (एलएल.वी.) प्रथम वर्ष २०७५ समुहको प्रवेश परीक्षा फारम भर्ने सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय, कानून संकायको च.नं. ४७३/०७५—०७६, मिति २०७५।१२।२५ को पत्रानुसार शैक्षिक वर्ष २०७५/०७६ को एलएल.वी.प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षा लिई उर्त्तीण विद्यार्थीहरुलाई मात्र भर्ना गर्नु भनी पत्राचार भए बमोजिम यस क्याम्पसमा संचालन हुने ३ (तीन) वर्षे एलएल.वी.कार्यक्रमको प्रवेश परीक्षा निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रवेश परीक्षा सम्वन्धी कार्यक्रम:—

 

१. आवेदन फारम वितरण : २०७६ बैशाख ४ गतेदेखि ।

२. आवेदन फारम बुझाउने अन्तिम मिति : २०७६।०१।२६ गतेसम्म ।

   अन्तिम मिति पश्चात मिति २०७६।०२।०२ सम्म दोब्बर दस्तुर तिरी आवेदन फारम बुझाउन सकिने छ ।

३. प्रवेश परीक्षा शुल्क : रु १०५०।— 

४. आवेदनका लागि आवश्यक कागजातहरु :

क. स्नातक तह वा सो सरह उर्त्तीर्ण भएको लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्रहरुको छायाँप्रति थान १

ख. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २(दुई) प्रति ।

५. प्रवेश परीक्षा संचालन हुने मिति र समय : २०७६ जेठ ४ गते शनिवार विहान ८ बजे ।

६. प्रवेश परीक्षाको समयावधि १ घण्टाको हुने छ ।

प्रवेश परीक्षा शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

 

Published by: Administration
Published on 2019-04-19

Download Full Text