Prithvi Narayan Campus, Pokhara, Nepal

क्याम्पस प्रमुख थापाको नेतृत्वमा जापानको औपचारिक भ्रमण सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., भदौ ७ – जापानका दुई विश्वविद्यालयको निमन्त्रणामा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको नेतृत्वमा तिन सदस्यीय टोली साउन २८ गते औपचारिक भ्रमणका लागि जापानतर्फ प्रस्थान गरेको थियो र भ्रमण टोली भदौ ५ गते स्वदेश फिर्ता भएको छ ।

भ्रमण टोलीका प्रमुख प्रा.डा. थापाका अनुसार भ्रमण अत्यन्त सुखद र उपलब्धीमूलक रहनुका साथै भ्रमणले क्याम्पसलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न बाटोसमेत खुलेको विचार व्यक्त गर्नुभयो ।

भ्रमण टोलीले जापानका वाकानाई विश्वविद्यालय र मुरोरान ईन्स्टिच्युट अफ् टेक्नोलोजीमा संयुक्त गोष्ठीमा कार्यपत्र प्रस्तुतीकरण दिनुका साथै दुबै संस्थासंग द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अनुसार वाकानाई विश्वविद्यालयसंग द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वाकानाई विश्वविद्यालयका प्राध्यापक डा. विष्णुप्रसाद गौतम र मुरोरान ईन्स्टिच्युट अफ् टेक्नोलोजीका प्राध्यापक काजुहिको सातोले भ्रमणको पहल गरिदिनु भएको थियो । वहाँहरू दुबै आ–आफ्ना टोलीका साथ केहि महिनाअघिको नेपाल भ्रमणको बेलामा पृथ्वीनारायण क्याम्पससंगको सहकार्यात्मक कार्यक्रममा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने कुरा तय भएको थियो ।

पृथ्वीनारायण क्याम्पसअन्तर्गत रहेको त्तब्ब्रच्भायचm ग्लष्त र अन्तर्राष्ट्रिय सम्बन्ध एकाईका संयोजक सह–प्राध्यापक डा. मीन पुनका अनुसार, क्याम्पसले उच्च शिक्षालाई गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि अगाडि बढाउनु पर्छ । वहाँले भन्नुभयो – “क्याम्पसले चीनको हेफी विश्वविद्यालयसंग प्राज्ञिक सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको, जापानतर्फको भ्रमण टोलीले दुई जापानिज विश्वविद्यालयसंग सम्झौता गर्ने र निकट भविष्यमा भारतको महाराष्ट्र विश्वविद्यालयसंग सम्झौता गर्ने छ ।”

भ्रमण टोलीले जापानमा रहँदा पोखरा शहर र वाकानाई शहरबीचको मित्रताको सम्बन्ध कायम गराउनसमेत पहल गरेको छ । यसका लागि टोलीले पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट वाकानाई शहरका लागि मित्रताको प्रस्तावसमेत लिएर गएको थियो । टोलीले वाकानाई शहरका मेयरसंग भेट गरि पोखरा शहरका मेयरका लागि सुखद समाचार लिएर आएको छ ।  

भ्रमण टोलीमा प्राणीशास्त्र विभागका उप–प्राध्यापक रामजी गौतम र वी.एससी. सीएसआईटी कार्यक्रमका फ्याकल्टी पृथ्वीराज पनेरु समावेश हुनुहुन्थ्यो ।

Published by: Administration
Published on 2018-09-25

Download Full Text