Prithvi Narayan Campus, Pokhara, Nepal

संविधानवाद र लोकतन्त्रको सदृढीकरणमा नेपालको संविधान

त्रि.वि.–पृ.ना.क्या., भदौ ३० – पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभाग नेपाल ल क्याम्पस, काठमाण्डौंको संयुक्त आयोजनामा मिति २०७५ भाद्र २५ गते पोखराको होटल कान्तिपुरमा “संविधानवाद र लोकतन्त्रको सदृढीकरणमा नेपालको संविधान” विषयक एक छलफल कार्यक्रमको आयोजना गरियो ।

FES नेपालको सहयोगमा भएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल ल क्याम्पसका प्रमुख डा. डी.एन. पराजुलीले गर्नु भएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राजनीतिशास्त्र विभागका प्रमुख डा. उमानाथ बरालले हालसम्म आएका सात संविधानहरुमध्ये पछिल्लो “नेपालको संविधान” सम्प्रभुता, सामाजिक–राजनीतिक समावेशिता, मानव अधिकार र संघीय शासन प्रणालीका विविध पक्षका कारण लोकप्रिय र विशीष्ट रहेको उल्लेख गर्नु भयो । लोकतन्त्र सफल हुनका लागि राजनीतिक संस्कृति आवश्यक रहेको र यसलाई सरकार र व्यवस्थाको आशयमा मात्र बुझ्न नहुने बरु यि लगायत समाज र व्यक्तिको आवश्यक आचरणका रुपमा पनि लिनु पर्दछ भन्नुभयो । लोकतन्त्रको गुण र मान्यता प्रति प्रतिवद्धता, ईच्छाशक्ति र समर्पण भएमा मात्र नेपालको संविधानले अपेच्छा गरेको लोकतन्त्रको सदृढीकरण हुने मन्तव्य डा. बरालले दिनु भयो ।

कार्यक्रममा प्रा.डा. लेखनाथ भट्टराईले “नेपालको संविधान कार्यान्वयनमा वित्तिय संघीयता अवसर र चुनौती” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक रुपमा सक्षमता नभै संघीयता  सफल नहुने  तथा वित्तीय सदृढीकरणका लागि तिनै तहका सरकारहरुले विज्ञको सहयोगमा आवश्यक नीति तर्जुमा गर्नुपर्ने उल्लेख गर्नुभयो । कर र शुल्क फरक पाटा हुन् भन्दै लोकतन्त्रको सदृढीकरणका लागि प्रगतिशील कर प्रणाली आवश्यक रहेको, कर भनेको औचीत्य तथा सक्षमता अभिवृद्धिका आधारमा मात्र लागु गर्नुपर्ने विचार प्रा. भट्टराईले राख्नु भएको थियो ।

कार्यपत्रमाथि प्रा.डा. यादव गौडेलले टिप्पणी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै प्रशासकीय अदालतका पूर्व न्यायधिश काशीराज दाहालले “सङ्घीय संविधान र तहगत अन्तरसम्बन्ध” शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि सहप्राध्यापक कृष्ण गुरुङले टिप्पणी गर्नु भएको थियो ।

FES नेपालका आवसिय प्रतिनिधि एनेट सिचल्ट, चन्द्रदेव भट्ट र नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेश भट्टले पनि उक्त कार्यक्रमा सम्बोधन गर्नुका साथै सक्रिय सहभागिता रहेको थियो ।

प्राध्यापक, वकिल, नागरिक समाज, राजनीतिक दल, पत्रकार तथा राजनीतिशास्त्र तथा वीएएलएलवीका विद्यार्थीहरु गरी लगभग १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । करिब ३० जना सहभागिहरुले आ–आफ्नो टिप्पणी तथा जिज्ञासाा राख्नु भएको थियो ।

 

Published by: Dept of Pol. Sc.
Published on 2018-09-18

Download Full Text