Prithvi Narayan Campus, Pokhara, Nepal

सूर्यरत्नशाक्य प्रतिष्ठानले आफ्नो १५औं साधारणसभा सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., भदौ १८ – पृथ्वीनारायण क्याम्पसअन्तर्गत राजनीतिशास्त्र विभागमा रहेको राजनीतिशास्त्र सूर्यरत्नशाक्य प्रतिष्ठानले आफ्नो १५औं साधारणसभाको उपलक्ष्यमा मिति २०७५ भाद्र १८ गते एक विशेष कार्यक्रम गरी मनाइएको थियो ।

२०६० सालमा स्थापना भएको यस प्रतिष्ठानले प्रत्येक २र२ वर्षमा नेपालको शैक्षिक र सामाजिक क्षेत्रमा राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति तथा संस्थाको सम्मानको कार्यक्रम गर्दै आईरहेको छ ।

यस वर्ष नेपाली समाज र संस्कृतिका विज्ञ प्राज्ञ जगमान गुरुङलाई सम्मान गरिएको थियो ।  उक्त सम्मान समारोहमा आफ्नो प्रवचन दिदै गुरुङले नेपाली समाज र संस्कृतिको अनुपम र अन्योन्याश्रीत विशेषताहरुको बारेमा उल्लेख गर्नुभयो ।

उहाँले प्रत्येक जातजातिबीच एक आपसमा सद्भाव र सहयोग रहेकोले साझा पहिचानलाई अगाडि बढाउदै नेपालको उन्नत्तिका लागि प्राज्ञहरुको विज्ञेता र राजनीतिक नेतृत्वको  ईमान्दारीपूर्ण दृढता र सत्कर्म आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै प्रतिष्ठानको उद्देश्यअनुसार राजनीतिशास्त्र विषयको स्नातकोतर तहमा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति र प्रमाणपत्र प्रदान गरिएको थियो । शैक्षिक वर्ष २०७१ बाट थमनसिंह गौतम र २०७२ बाट दिपकप्रसाद पौडेललाई छात्रवृतिका रुपमा प्रमाणपत्र र नगद प्रदान गरिएको थियो ।

प्रतिष्ठानका प्रमुख संरक्षक सूर्यरत्नशाक्यद्वारा लिखित काव्य ‘खराब राजनीतिको स्वतन्त्रता’ (Freedom of Dirty Politics) भन्ने पुस्तकको विमोचन समेत गरिएको थियो । उक्त विमोचित काव्यको अंग्रेजी विभागमा प्रमुख प्रा. विश्वराज अधिकारीले समीक्षा गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा. उमानाथ बरालको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा, सहायक क्याम्पस प्रमुख बसन्तराज पराजुली, जर्जजोन शिक्षा प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोईराला, इतिहाँस तथा संस्कृति विभागका प्रमुख प्रा.डा. ज्ञानबहादर कार्की, डा. गिरधारी दाहाल, भिमनाथ बराल, लालबहादुर कुंवर र नवराज बाँस्तोला लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

Published by: Dept of Pol. Sc.
Published on 2018-09-03

Download Full Text