Prithvi Narayan Campus, Pokhara, Nepal

लायन्स क्लब अफ् पोखरा भृकुटीद्वारा पृथ्वीनारायण क्याम्पसमा वृक्षारोपण

त्रि.वि.–पृ.ना.क्या., साउन ३० – लायन्स क्लब अफ् पोखरा भृकुटीको आयोजनामा पृथ्वीनारायण क्याम्पस, पोखराको हाताभित्र आज एक समारोहका बीच वृक्षारोपणको कार्यक्रम सम्पन्न गरिएको छ ।

लायन खीमा गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निमित्त क्याम्पस प्रमुख नन्दलाल अधिकारीलाई लायन गुरुङ्गले वृक्षको विरुवा हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

वृक्षारोपणको कार्यक्रममा १०० वटा अशोकाको विरुवा रोपिएको थियो ।

यसैबीच पृथ्वीनारायण क्याम्पस र लायन्स क्लब अफ् पोखरा भृकुटीका बीच आगामी दिनमा सहकार्य गर्नेबारेमा एक सम्झौता पत्रमा दुबै संस्थाका प्रतिनिधिहरुबाट हस्ताक्षरसमेत गरिएको थियो ।

 

Published by: Administration
Published on 2018-08-15

Download Full Text