Prithvi Narayan Campus, Pokhara, Nepal

३ वर्षे कानून (एलएल.वी.) प्रथम वर्षको नयाँ भर्ना सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय कानून संकायद्वारा मिति २०७५ जेष्ठ १९ गते एलएल.वी. प्रथम वर्षमा भर्नाका लागि संचालन भएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले यस क्याम्पसको प्रातः कार्यक्रममा संचालित कानून (एलएल.वी.)संकाय, प्रथम वर्ष २०७४ भर्ना समुहको नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

 कार्यक्रमः

१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मितिः२०७५ श्रावण २४ गते देखि।

२. भर्ना हुने अन्तिम मितिः२०७५ भाद्र २५ गतेसम्म।

(भर्ना हुने अन्तिम मिति अगावै तोकिएको विद्यार्थी कोटा पूरा भएमा भर्ना लिइने छैन)

३. कक्षा संचालन मितिः२०७५ असोज १ गते देखि।

 आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ।

१. एस.एल.सी.देखि स्नातक तहसम्मको शैक्षिक प्रमाणपत्रको छायाँप्रति।

२. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो।

 

पुनश्चः भर्ना हुन आउदा प्रवेश परीक्षाको प्रवेशपत्रको छायाँ प्रति अनिवार्य पेश गर्नुपर्ने छ ।

  

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

..............................

प्रा.डा.चन्द्रबहादुर थापा

  क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-08-08

Download Full Text