Prithvi Narayan Campus, Pokhara, Nepal

कानून(एलएल.वी.) प्रथम वर्षको नयाँ भर्ना सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय कानून संकायद्वारा मिति २०७५ जेष्ठ १९ गते एलएल.वी. प्रथम वर्षमा भर्नाका लागि संचालन भएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले यस क्याम्पसको प्रात: कार्यक्रममा संचालित कानून (एलएल.वी.)संकाय, प्रथम वर्ष २०७४ भर्ना समुहको नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मिति  :— २०७५ श्रावण २४ गते देखि ।

२. भर्ना हुने अन्तिम मिति :— २०७५ भाद्र २५ गतेसम्म ।

   (भर्ना हुने अन्तिम मिति अगावै तोकिएको विद्यार्थी कोटा पूरा भएमा भर्ना लिइने छैन ।) 

३. कक्षा संचालन मिति :— २०७५ असोज १ गते देखि ।

 

आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. एस.एल.सी.देखि स्नातक तहसम्मको शैक्षिक प्रमाणपत्रको छायाँप्रति ।

२. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।

३. प्रवेश परीक्षाको प्रवेशपत्रको छायाँप्रति अनिवार्य पेश गर्नुपर्ने छ ।

 

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-08-08

Download Full Text