Prithvi Narayan Campus, Pokhara, Nepal

BPA कार्यक्रम २०७५ को प्रवेश परीक्षा(CMAT Test) सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत संचालित Bachelor of Public Administration (BPA) कार्यक्रम— २०७५ को प्रथम सेमेष्टरमा भर्ना हुन लिइने प्रवेश परीक्षा (CMAT Test) का लागि आवेदन फारम भर्नुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फारम बुझाउने अन्तिम मिति : २०७५ भाद्र १० गते ।

प्रवेश परीक्षा संचालन हुने मिति    : २०७५ भाद्र १६ गते विहान ८:०० बजे देखि ।

आवेदन फारम शुल्क             : रु ६००।—

 

न्यूनतम योग्यता:

दश जोड २ का सम्पूर्ण विषयहरुमा कम्तिमा पनि ग्रेड C ल्याउनुपर्ने छ । अथवा मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रमाणपत्र तह दोश्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्ने छ ।

आवश्यक कागजातहरु :

—      SLC/SEE को मार्कशिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।

—      दश जोड २ को मार्कशिट ।

—      पासपोर्ट साइजको फोटो २ प्रति ।

 

सूर्यबहादुर जिसी

निर्देशक

Published by: BA.LL.B Programme
Published on 2018-08-07

Download Full Text