Prithvi Narayan Campus, Pokhara, Nepal

शोक सभा सम्बन्धी सूचना !

यस क्याम्पस अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकाय अंग्रेजी विभागका उपप्राध्यापक प्रकाश अधिकारीको मिति २०७५ वैशाख ०८ गते असामयिक निधन भएको खबरले सम्पूर्ण क्याम्पस परिवार शोकमग्न भएको छ । वहाँको निधनप्रति शोक प्रकट गर्न तपसिलको मिति, समय र स्थानमा शोकसभाको कार्यक्रम राखिएकोले सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी र सुभचिन्तकहरुलाई उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

तपसिलः
मितिः २०७५ वैशाख ०९ गते
समयः बिहान ८ः०० बजे
स्थानः विज्ञान प्रयोगशाला भवन कोठा नं. १४७

 

...............................
प्रा.डा. चन्द्रबहादुर थापा
   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-04-21

Download Full Text